global ime bank Long Banner Ad

गृहपृष्ठ फ्रिस्टाइल किक बक्सिङबारे चारदिने ‘सेमिनार’ हुने

फ्रिस्टाइल किक बक्सिङबारे चारदिने ‘सेमिनार’ हुने

फ्रिस्टाइल किक बक्सिङबारे चारदिने ‘सेमिनार’ हुने

नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप चारदिने रेफ्री र प्रशिक्षक ‘सेमिनार’ आयोजना गर्ने भएको छ ।

विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमिनार गर्न लागेको हो । कार्यक्रम यही साउन १७ देखि २० गतेसम्म काठमाडौँको जडीबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिइन ।

फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलका रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रियस्तरसम्म पु-याउने उद्देश्यसहित सेमिनार आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले बताए।

सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत भएकी विन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताए । मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उनले बताइन ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु