global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ तमोर नदीको बाढीले पाँच करोडको बेलिब्रिज बगायो

तमोर नदीको बाढीले पाँच करोडको बेलिब्रिज बगायो

तमोर नदीको बाढीले पाँच करोडको बेलिब्रिज बगायो

तमोर नदीको बाढीले पाँच करोड लागतमा निर्मित बेलिब्रिज बगाएको छ। गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने तमोर नदीमाथि बेलिब्रिज बगाएको हो।

ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिए । उनका अनुसार रानीपुल भन्दा माथिको सबै क्षेत्रमा आवत–जावत अवरुद्ध भएको छ । चार बर्षअघि रेमिट हाइड्रोले करिब ५ करोडको लागतमा बेलिब्रिज बनाएको थियो ।

बेलिब्रिज निर्माण भएपछि फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक र वडा नं ६ लेलेप हुँदै सो भन्दा माथि ओलाङचुङगोला,घुन्सा सहितका क्षेत्रमा आवतजावत सहज भएको थियो । यसैगरी वडा नं ६ लेलेपको साँघु बगर क्षेत्रमा फाङवारी स्कुलको छेउबाट पहिरो गएको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिएका छन्।

पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी आफूहरूलाई नआएको समेत बताएका छन्। स्थानीयले पालिकाको वडा नं ५ सोत्लिमा क्षेत्रमा केही घर पहिरोले पुरेको आशंका गरेका छन्।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु