काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अनुदानमा आएका शिक्षकलाई काममा नखटाउन निर्देशन

2.11K
shares

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षण सिकाइ सहयोग अनुदानमा आएको कटौतीका कारण विद्यालयमा कार्यरत केही शिक्षकलाई काममा नखटाउन निर्देशन दिएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले असार ३२ गते सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।

नगर कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईद्वारा हस्ताक्षरित पत्रमा शिक्षण सिकाइ सहयोग अनुदान घट्दा उत्पन्न परिस्थितिलाई समाधान गर्न अर्को निर्णय नभएसम्म शिक्षकलाई कार्यमुक्त राख्नुपर्ने उल्लेख गरिएको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारले कक्षा ६ देखि १० सम्मका अंग्रेजी, गणित र विज्ञान विषयमा प्रदान गर्ने शिक्षण सिकाइ सहयोग अनुदान अघिल्लो वर्षको तुलनामा कम भएको छ।