global ime bank Long Banner Ad

गृहपृष्ठ इन्डोनेसियामा डुङ्गा पल्टिँदा बेपत्ता भएका सबैको उद्धार

इन्डोनेसियामा डुङ्गा पल्टिँदा बेपत्ता भएका सबैको उद्धार

इन्डोनेसियामा डुङ्गा पल्टिँदा बेपत्ता भएका सबैको उद्धार

पश्चिम इन्डोनेसियाको समुद्री क्षेत्रमा डुंगा पल्टिएपछि हराइरहेका ११ जना सबै व्यक्तिको सफलतापूर्वक उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले मंगलबार पुष्टि गरेका छन् । केही व्यक्ति डुंगाका टुक्रा समातेर बाँच्न सफल भएको जनाइएको छ ।

सो डुंगा सोमबार बिहान करिब ११ बजे पश्चिम सुमात्राको तटस्थित मेन्टावाई टापु समूह नजिकै दुर्घटनाग्रस्त भएको थियो । डुंगामा १८ जना यात्रु सवार थिए ।

मेन्टावाई खोज तथा उद्धार एजेन्सीका प्रमुख रुडीले एक विज्ञप्तिमा भने, “हामीले १८ वटै पीडितको सफलतापूर्वक उद्धार गरेका छौँ ।”

लाइफ ज्याकेट र टुक्रा समाएर बाँचिए

उद्धार गरिएका केही यात्रुहरूले जीवनरक्षक ज्याकेट लगाएका थिए भने केहीले पल्टिएको डुंगाका टुक्रा समाएर पानीमा टिकिरहेका थिए ।

डुंगा पल्टिनुअघि ठूलो छालले डुंगालाई एकाएक ठक्कर दिएको विवरण पनि आएको छ । “डुंगाका अपरेटरले दिएको विवरणअनुसार, छालले डुंगालाई छेउबाट ठक्कर दियो र त्यसपछि डुंगा पल्टियो,” रुडीले भने ।

उद्धार गरिएका मध्ये एकजना व्यक्तिलाई स्थानीय क्लिनिकमा उपचार भइरहेको भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

बारम्बार हुने समुद्री दुर्घटना

करीब १७ हजार टापु रहेको दक्षिणपूर्वी एसियाली द्वीप राष्ट्र इन्डोनेसियामा जल यातायातका दुर्घटना प्रायः हुने गर्छन् । यसका प्रमुख कारणमा कमजोर सुरक्षाको मापदण्ड र प्रतिकूल मौसम अवस्था पर्छन् ।

यसै महिना, जुलाई ३ मा बाली नजिकै एक डुंगा दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । मार्च महिनामा पनि बाली नजिकै १६ यात्रु सवार डुंगा दुर्घटनामा परेका थिए, जसमा एक अष्ट्रेलियाली महिलाको मृत्यु र कम्तीमा एक जनाको घाइते भएको थियो ।

सन् २०१८ मा सुमात्रा टापुस्थित विश्वकै गहिरो तालमध्ये एकमा डुंगा डुब्दा १५० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु