global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले बालश्रम निवारणका लागि जनस्तरमा व्यापक अभिमुखीकरण गर्नुपर्नेमा जोड दिएका छन ।

मन्त्रालयमा आज ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२’ सार्वजनिक गर्दै उनले यसका लागि सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

मन्त्री भण्डारीले स्थानीय तहमा रहेका रोजगार संयोजकलाई बालश्रम निवारणमा परिचालित गर्न सकिने बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिबद्धताबमोजिम बालश्रमको क्षेत्रमा भएका उपलब्धि समेटी प्रतिवेदन प्रकाशन गर्न सकेकामा खुसी उनले खुसी व्यक्त गरे ।

मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले विभिन्न मन्त्रालय र सरोकारवाला निकायले बालश्रम निवारणका क्षेत्रमा गरेका प्रयासलाई एकीकृत गरी प्रतिवेदन सार्वजनिक गरिएको स्पष्ट पारे । कार्यक्रमका अध्यक्ष एवं सहसचिव डण्डुराज घिमिरेले बालश्रमसँग सम्बन्धित विभिन्न क्रियाकलाप समेटिएको सो प्रतिवेदन यस क्षेत्रको उपलब्धि भएको बताए ।

प्रतिवेदनमा पछिल्लो समय बालश्रममा संलग्न बालबालिका, जोखिमपूर्ण काममा संलग्न र कृषि क्षेत्रमा संलग्नको प्रतिशत घटेको उल्लेख छ । हालसम्म मुलुकभरका विभिन्न १० वटा स्थानीय तह बालश्रममुक्त घोषणा भएका छन् ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु