global ime bank Long Banner Ad

गृहपृष्ठ निजामती विधेयक राष्ट्रियसभामा सञ्चारमन्त्रीले पेश गर्ने

निजामती विधेयक राष्ट्रियसभामा सञ्चारमन्त्रीले पेश गर्ने

निजामती विधेयक राष्ट्रियसभामा सञ्चारमन्त्रीले पेश गर्ने

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा प्रस्तुत हुने भएको छ ।

प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, घुस लेनदेनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री गुप्ताले मङ्गलवार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिइसकेका छन् ।

मन्त्री गुप्ताले राजीनामा दिएसँगै संघीय निजामती विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुगले प्रस्तुत गर्ने भएका छन् ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु