global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक । तस्बिर : नवीन पौडेल/रासस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न दिएका थिए ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु