global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने ४० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० ले वृद्धि भई सोमबार एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

त्यसैगरी, एक तोला चाँदीको मूल्य दुई हजार २७५ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित समय : ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु