global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनित

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनित

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्व सचिव इ. देवेन्द्र कार्की, इ. सुशील चन्द्र तिवारी र इ. मधु भेटवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।

विज्ञ सल्लाहाकारहरूको मनोनयनका सन्दर्भमा विभाग प्रमुख इ. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको उल्लेख गर्दै भने, ‘नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी छ ।’

मनोनयन भएका तीनैजना विज्ञ सल्लाहकारहरू विगतमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।

‘उहाँहरूको प्राविधिक ज्ञान, प्रशासनिक अनुभव र नीति–निर्माणको अभ्यासलाई राजनीतिक नेतृत्वसँगको समन्वयमा राष्ट्रिय आवश्यकताअनुसार ऊर्जा तथा जलस्रोत रणनीति बनाउन विभागले पहल गर्नेछ’, विभाग प्रमुख न्यौपानेले बताए । विभाग प्रमुख इ. न्यौपानेको सिफारिसमा पार्टीले विज्ञ सल्लाहकार मनोनयन गरेको हो।

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु