global ime bank Long Banner Ad

गृहपृष्ठ गाजामा पानीको लाइनमा बसिरहेका बालबालिकासहित १० जना मारिए, इजरायली सेनाद्वारा गल्ती स्वीकार

गाजामा पानीको लाइनमा बसिरहेका बालबालिकासहित १० जना मारिए, इजरायली सेनाद्वारा गल्ती स्वीकार

गाजामा पानीको लाइनमा बसिरहेका बालबालिकासहित १० जना मारिए, इजरायली सेनाद्वारा गल्ती स्वीकार

काठमाडौं । गाजा सहरको केन्द्रस्थित अल—नुसेरात शरणार्थी शिविरमा आइतबार पानी भर्ने क्रममा इजरायली ड्रोन आक्रमण हुँदा ६ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको गाजाको आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन् ।

सेनाले सर्वसाधारणमा भएको कुनै पनि क्षतिप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले आफूले एक आतंकवादीलाई निशाना बनाएको तर गोला–बारूद धेरै मिटर टाढा खसेको बताएको छ ।

घटनास्थलमा पानीको ट्याङ्कर छेउमा लाइनमा बसेका व्यक्तिहरूमाथि ड्रोनबाट क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

इजरायली रक्षा बलले यस आक्रमणमा ‘एक आतंकवादीलाई’ लक्षित गरिएको भए पनि प्राविधिक त्रुटिका कारण बम लक्षित स्थानभन्दा धेरै पर खसेको स्वीकारेको छ । यस घटनाको समीक्षा भइरहेको सेनाले जनाएको छ ।

इजरायली रक्षा बलले घटनामा निर्दोष नागरिकको मृत्यु हुन पुगेको प्रति दुःख व्यक्त गर्दै भनेको छ, ‘हामी नागरिक क्षति न्यून पार्न सक्दो प्रयास गर्छौं र निर्दोष नागरिकहरूलाई क्षति पुगेमा खेद व्यक्त गर्छौं ।’

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु