global ime bank Long Banner Ad

गृहपृष्ठ अर्जेन्टिना पुगे नरेन्द्र मोदी, स्वागतमा उत्साहित देखिए भारतीय

अर्जेन्टिना पुगे नरेन्द्र मोदी, स्वागतमा उत्साहित देखिए भारतीय

अर्जेन्टिना पुगे नरेन्द्र मोदी, स्वागतमा उत्साहित देखिए भारतीय

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्जेटिनामा स्वागत गरिएको छ । ब्यूनस आयर्सको अल्भियर प्यालेस होटलमा सयौं भारतीयहरुले स्वागत गरेका हुन् ।

भारतीय शास्त्रीय नृत्य प्रस्तुति सहितको जीवन्त सांस्कृतिक प्रदर्शनले मोदीलाई स्वागत गरिएको हो । भारतीय डायस्पोराका सदस्यहरुले मोदीसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरे ।  धेरैले यो भ्रमणले ‘मनोबल बढाएको’ र भारत–अर्जेन्टिनाबीचको सम्बन्ध र सहयोगको आशा जगाएको बताए।

पाँच राष्ट्रको विदेश भ्रमणमा निस्किएका मोदी अर्जेन्टिना अवतरण गरेका थिए । त्यस क्रममा स्वागतको न्यानोपनको प्रशंसा गर्दै उनले भारतको विश्वव्यापी सांस्कृतिक आदनप्रदानको प्रशंसा गरे ।

यो भ्रमण १९९९ पछि भारतीय सरकार प्रमुखको अर्जेन्टिनाको पहिलो द्विपक्षीय प्रधानमन्त्री भ्रमण हो । जसले व्यापार, डिजिटल वित्त, ऊर्जा र शिक्षा क्षेत्रको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।(एएनआइ)

 

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु