global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद

रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद

रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद

रौतहटको सीमावर्ती ईलाका प्रहरी कार्यालय राजपुरको गस्ती टोलीले भारतिय नम्बरको चोरीको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ।

राजपुर- ३ स्थित प्रहरीले चेकजाँचको क्रममा विआर ३१ प ०८०७ नम्बरको सेतो रंगको महिन्द्रा स्कारपियो गाडी बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्युज कारखानालाई बताए । उक्त गाडी आवश्यक कागजात बिना अवैध रुपमा भारतबाट नेपाल ल्याइएको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद गाडीको २० लाख रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज सोमवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। चोरीको गाडी कसले कहाँबाट ल्याएको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु