गृहपृष्ठ पत्रकार दिलभूषण पाठकविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर
पत्रकार दिलभूषण पाठकविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर
पत्रकार दिलभूषण पाठकविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको हो । परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर भएको हो ।
साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।
प्रकाशित समय : १७:४१ बजे




















