global ime bank Long Banner Ad

गृहपृष्ठ अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो

अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो

अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो

मुगु । अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ । गएराती देखि आएको  अविरल वर्षापछि  गगने खोलामा आएको ठूला ठूला ढुंगा सहितको पहिरोले राजमार्ग अबरुद्व भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

कालिकोटको गगनेखोलामा ठूला ठूला ढुङ्गा सहितको पहिरो गएपछि विहान ६ बजे देखि सडक अबरुद्व भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए ।

उनका अनुसार पहिरो पन्छाउनका लागि हेभी मेसिन सहित जनशक्ति परिचालन गरिएको छ ।

वर्षातको समय भएकाले सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुुरोेध गरेको छ । सडक अबरुद्व भएपछि मुगु,जुम्ला देखि सुर्खेत नेपालगन्ज जाने यात्रु बाहक तथा मालबाहक सवारी रोकिएका छन् ।भने यात्रुरुहरु अलपत्र परेका छन् ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु