global ime bank Long Banner Ad

गृहपृष्ठ सिओई पाइसकेका कामदारलाई जापान जान रोक्ने प्रयास विरुद्ध वैदेशिक रोजगार व्यवसायी संघको आपत्ति

सिओई पाइसकेका कामदारलाई जापान जान रोक्ने प्रयास विरुद्ध वैदेशिक रोजगार व्यवसायी संघको आपत्ति

सिओई पाइसकेका कामदारलाई जापान जान रोक्ने प्रयास विरुद्ध वैदेशिक रोजगार व्यवसायी संघको आपत्ति

रोजगारीका लागि जापान जान भाषा र प्रशिक्षण सहित जापान अध्यागमनबाट योग्य ठहरिएका नेपाली श्रमिकहरुमाथी हुने गरेको अन्याय विरुद्ध वैदेशि रोजगार व्यवसायी संघ लगाएतका संस्थाहहरुले आपत्ति जनाएका छन् ।

सिओई प्राप्त गरिसकेका नेपाली कामदारलाई भाषा परिक्षाको झन्जट थपेर अबैध ढंगलेजापान जानबाट रोकेको भन्दै रोजगार व्यवसायीहरुको विभिन्न संगठनहरुले आपत्ति जनाएका छन् । उनिहरुले दुबै देशको नीति नियम विपरित नेपाली श्रमिकलाई आनाबश्यक झन्जट गराउनुका साथै फेलका नाममा सिओई प्राप्त कामदारलाई जापान जानबाट रोक्ने गतिविधि प्रति गम्भीर ध्यानाकर्शण भएको जनाएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक महासचिब कुन्छु दोर्जे डिम्दोङले बैदेशिक रोजगार ऐन २०६४ बमोजिम सम्पुर्ण कानुनी प्रकृया पुरा गरि जापान सरकारको अध्यागमन कार्यालयबाट भीसा प्राप्त भैसक्दा समेत जान नामको संस्थालाई परिक्षाको बाहाना गरि रोक्न खोजिएकोमा आपत्ति जनाएका छन । कार्यबाहक महासचिब डिम्दोङले जान ले लिने परिक्षामा सहभागी गराई असफल बनाइएका र रोजगारीको अवसरबाट बन्चीत गराइएका नेपाली कामदारहरुको विवरण संघको कार्यालयमा पठाउन सदस्य संस्थाहरुलाई आह्वान समेत गरेका छन् ।
सर्बोच्चमा मुद्धा, अन्तरिम आदेशको माग
श्रमका लागि प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रम अन्तर्गत रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकहरूलाई जापान जानबाट वञ्चित गरिंदै अनेकन बाहानामा रकम असुलेको र परिक्षाको नाममा रोकेको भन्दै सर्बोच्चमा दायर भएको रिट दायर भएको थियो । सो विषयमा अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ । निबेदक अधिवक्ताहरुले भने नियम कानुन विपरित गैरसरकारी संस्थालाई सरकारी काम लगाएर नेपाली कामदार माथि अन्याय गरेको भन्दै आन्तरिम आदेशको माग गरेका छन् । आदेशमा निबेदकको मागबमोजिमको आदेश किन जारी गर्नुपर्ने हो ? आदेश जारी नगर्नुपर्ने कुनै कारण भए विपक्षीहरुले १५ दिनभित्र उपस्थित भई लिखित जवाफको माग गरेको छ ।
फैसला नआउन्जेल परिक्षा नलिने जानको तयारी
वैदेशिक रोजगार विभागले पत्राचार नै गरेर प्रशिक्षार्थी कामदारको परिक्षा लिइदिन आग्रह गर्ने जाइका अलमनाई एसोसिएसन नेपाल जान ले अदालतमा मुद्धा परेपछि फैसला नआउन्जेल परिक्षा सञ्चालन नगर्ने भएको छ । जानका अध्यक्ष डा. रामचन्द्र भुसालले मंगलबार अदालतको पत्र प्राप्त भएकाले फैसला नआउन्जेल परिक्षा सञ्चालन नगर्ने जनाएका छन् । उनले भने थोरै समय बाँकी छ त्यो अवधिसम्म परिक्षा सञ्चालन गरिहाल्नुपर्ने अवस्था छैन भैहाले पनि नगर्ने निष्कर्शमा पुगेका छौं ।

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु