global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल लाइफको अध्यक्षमा सिंहको सपथ ग्रहण 

नेशनल लाइफको अध्यक्षमा सिंहको सपथ ग्रहण 

नेशनल लाइफको अध्यक्षमा सिंहको सपथ ग्रहण 

नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट नेशनल लाइफकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । कम्पनीको असार ५ गते भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिबाट पुनर्निवाचित भएकी हुन् ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट कम्पनीको पुनर्निवाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।

 

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु