गृहपृष्ठ सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा परिमार्जन गर्न माग
सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा परिमार्जन गर्न माग
सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई परिमार्जन गरिनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।
संसद्मा दर्ता भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अझै अपुरो, अधुरो र अस्पष्ट रहेकाले यसमा परिमार्जन आवश्यक रहेको राजधानीमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको हो ।
महिला तथा बालिकाविरुद्ध हुने साइबर अपराधमा केन्द्रित रहेर सञ्चारकर्मीसँग गरिएको अन्तक्र्रियामा स्रोत व्यक्ति अधिवक्ताद्वय अशाङ्कन मल्ल र राष्ट्र विमोचन तिमल्सिनाले २०८० को विद्युतीय कारोबार ऐन भन्दा गत जेठ २७ गते संसद्मा टेबुल भएको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ समय सापेक्ष भए पनि धेरै कुरा छुटेको र अस्पष्ट रहेका परिमार्जन गरिनुपर्नेमा जोड दिएका हुन।
हिंसाको प्रकार समयसँगै बदलिएकाले नयाँ साइबर सुरक्षा ऐन आवश्यकता भएको हुनसक्ने मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए । विद्युतीय कारोबार ऐनलाई प्रतिस्थापन गर्न बनेको नयाँ विधेयकले महिला तथा बालिकालाई कति समेटेको छ भन्ने विषय सञ्चारकर्मीलाई जानकारी दिन अन्तक्रिया आयोजना गरेको उनले जानकारी गराए।
प्रकाशित समय : १२:५३ बजे




















