global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन

कांग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन

कांग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको मिति परिवर्तन भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलनका अनुसार असार १५ गते आइतबार दिनको १ः०० बजेका लागि बोलाइएको बैठक मिति परिवर्तन भएको हो ।

पौडेलका अनुसार बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने छ । भिजिट भिसा प्रकरणले राष्ट्रिय राजनीति तातिरहेको अवस्थामा बैठक बोलाइएको थियो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु