गृहपृष्ठ श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक कृषिउपकरण वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत विद्युतीय मोटर, डेलिभरी पाइप, त्रिपाललगायत सामग्री वितरण गरिएको हो ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ ।

नगरको वार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकको आवेदन सङ्कलनपछि छनोट गरिएका लाभग्राहीलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षासहित ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको उनले बताए ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु