global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।

उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनीद्धारा प्रबद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपीएस मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।

यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावरबिच विद्युत खरिद बिक्रि सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु