global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ न्याय परिषद्को सिफारिस ढिला भएकाबारे समितिमा छलफल

न्याय परिषद्को सिफारिस ढिला भएकाबारे समितिमा छलफल

न्याय परिषद्को सिफारिस ढिला भएकाबारे समितिमा छलफल

काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिमा सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ ।

शनिबार बसेको समितिको बैठकमा उक्त सुनुवाइ प्रारम्भ भएको हो ।
सोही क्रममा समिति सभापति ईश्वरी देवी न्यौपानेले सुनुवाइका लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनको लागि आम सञ्चारमाध्यम साथै विद्युतीय सञ्चार माध्यमबाट सूचना प्रकाशित गर्न निर्देशन दिएकी छन् । उनले संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाश गर्न समिति सचिवलाई निर्देशन दिएकी हुन् ।

यसैगरि, समिति सदस्य महेश बर्तौलाले सर्वोच्च अदालतमा मुद्दाको चाप बढिरहेका बेला न्याय परिषद्ले सिफारिस ढिला गरेको भन्दै अब समितिले कानून बमोजिम प्राप्त गरेको क्षेत्राधिकारभित्र बसेर सुनुवाइको प्रक्रिया छिटो सम्पन्न गर्नु उपयुक्त हुने बताए ।

उनले भने, ‘दरबन्दी खाली भएको लामो समय भयो । मुद्दाको चाप धेरै बढ्दै गएको छ तर त्यसको सम्बोधन हुन सकेको छैन् । यस्तो प्रश्न पनि सार्वजनिक रुपमा उठि रहेको छ । न्याय परिषद्को सिफारिस निकै पहिला गर्नुपर्ने थियो, ढिला भएको छ । कानून बमोजिम प्राप्त गरेको क्षेत्राधिकारभित्र बसेर सुनुवाइको प्रक्रिया छिटो सम्पन्न गर्नु उपयुक्त हुन्छ ।’

यस्तै, प्रस्तावित व्यक्तिको नाममा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना र उजुरी समिति समक्ष दिने प्रयोजनको लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक गर्ने प्रस्ताव समितिबाट अनुमोदन भएको छ ।

 

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु