global ime bank Long Banner Ad

गृहपृष्ठ संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका दिनमा हिन्दू धर्मअनुसार जन्मदेखि मृत्युपर्यन्त सम्मका कार्यमा अप्ठ्यारो हुने स्थिति नआओस् भनेर रामपुरमा कर्मकाण्डका ज्ञान सीप सिकाउन थालिएको हो ।

हिन्दू धर्मअनुसार हुने विभिन्न कर्मकाण्ड र संस्कारको जगेर्ना गर्दै समुदायका व्यक्तिलाई जानकारी गराउन ब्राह्मण समाज नेपालको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरी सीप प्रदान गरिएको छ ।

कर्मकाण्ड, पितृकार्य, देवकार्य, यज्ञ पवित, जनै बनाउन, कुशका औँठी, मटक बनाउन सिकाइएकोे ब्राह्मण समाज नेपाल रामपुरका अध्यक्ष हरिप्रसाद खनालले बताए । हिन्दू धर्म संस्कारअनुसार मानव जन्मदेखि मृत्यु पर्यन्तसम्म विभिन्न कर्मकाण्ड गर्नुुपर्ने, पूजापाठ लगायतका धार्मिक क्रियाकलाप गरिने भएकाले पछिल्लो समय कर्ममकाण्ड गर्ने पूरोहित कम हुँदा समस्या निम्तिन थालेकाले कर्मकाण्डका बारेमा तालिम आयोजना गरी जानकारी दिन थालिएको उनि बताउछन ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु