global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ संवैधानिक पदाधिकारीवाला मुद्दाको फैसला बुधबार

संवैधानिक पदाधिकारीवाला मुद्दाको फैसला बुधबार

संवैधानिक पदाधिकारीवाला मुद्दाको फैसला बुधबार

लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको संवैधानिक पदाधिकारी सम्बन्धी मुद्दाको छिनोफानोको मिति बुधबारका लागि तोकिएको छ।

५२ जनाको नियुक्ति बदरको माग गर्दै दर्ता गरेको रिट निवेदनमाथि फैसला हुन लाग्दा के निर्णय आउला भन्नेमा सबैले आ–आफ्नै अड्कल गरेका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल, नहकुल सुवेदीको संवैधानिक इजलासले मुद्दाको एक महिना अघि सुनुवाई सकिएपछि जेठ २८ का लागि निसु (निर्णय सुनाउने) आदेश गरेको थियो।

२०७७ मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त संवैधानिक आयोगहरूका पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी विभिन्न संवैधानिक निकायमा ५२ जनालाई नियुक्तिको सिफारिस गरेको हो।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु