global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकका देशभर दस शाखा बिस्तार

राष्ट्रिय वाणिज्य बैंकका देशभर दस शाखा बिस्तार

राष्ट्रिय वाणिज्य बैंकका देशभर दस शाखा बिस्तार

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक दस वटा शाखा बिस्तार गरेको छ । देशका विभिन्न ठाउहरुमा बिस्तार गरिएको शाखाबाट सेवा समेत सुचारु भैसकेको हो ।

बैंकले धनुषा जिल्ला स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्ला स्थित शाखा कार्यालय बयरघारी , कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय झलारी , कैलाली जिल्ला स्थित शाखाकार्यालय टिकापुर र सुख्खडमा कारोबार सुरु गरेको छ।

यस्तै, काठमाडौंको कपन शाखा ,रुपन्देहीको शैनामैना शाखा कार्यालय दाङको देउखुरी , गोरखाको पालुङटार शाखा , सर्लाहीको हरिवन शाखा , कार्यालय बिस्तार गरि सेवा सुरु गरिएको हो । अब बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ।

वाणिज्य बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सक्स्टेन काउन्टर रहेको छ ।

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु