global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थतन्त्रमा देखिएका विद्यमान समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार हुन्छन: गभर्नर पौडेल

अर्थतन्त्रमा देखिएका विद्यमान समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार हुन्छन: गभर्नर पौडेल

अर्थतन्त्रमा देखिएका विद्यमान समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार हुन्छन: गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन् । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आयोजना गरेको छलफलमा गभर्नर पौडेलले यस्तो बताएका हुन् ।

उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने जानकारी दिए । गभर्नर पौडेलले आफू गभर्नर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको जनाएका छन् ।

मध्य पहाडी लोक मार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी पुगेका गभर्नर पौडेलले सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाइने बताएका छन् । उनले आर्थिक गति चलायमान बनाउन र समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए ।

 

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु