गृहपृष्ठ सूर्यज्योति लाइफको ५०% सम्म ब्याज छुट
सूर्यज्योति लाइफको ५०% सम्म ब्याज छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ। कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको हो।
कम्पनी सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट सुविधा ल्याइएको हो। सुविधा ५ वर्ष ननाघेकालाई प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ५ वर्ष नाघिसकेकालाई ३५ प्रतिशत ब्याज छुट दिइनेछ। यो छुट सुविधा यही जेठ ३१ गतेसम्म पाइने कम्पनीले स्पष्ट पारेको छ।
त्यस्तै यस छुट योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।
प्रकाशित समय : ११:५० बजे


















