global ime bank Long Banner Ad

गृहपृष्ठ दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रामेछाप । दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना हुँदा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी सोही वडाकी फूलमाया शेर्पाको घटनास्थलमा नै ज्यान गएका थियो । अर्की गम्भीर घाइते ३२ वर्षीय डोल्मा शेर्पालाई उपचारको लागि जिल्ला सदरमुकाम चरिकोट ल्याइएको थियो ।

उनलाई पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते छिरी शेर्पालाई उपचारको लागि सिंगटी लगिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु