काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘मैथिली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्नाका लागि मैथिली भवन महत्त्वपूर्ण’

1.38K
shares

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्नाका लागि मैथिली भवन महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरेको छ ।

मैथिली विकास कोषको जनकपुरधामस्थित नवनिर्मित ‘मैथिली भवन’ उद्घाटन कार्यक्रममा आज मधेशको सांस्कृतिक समृद्धिका लागि यस कार्यले ठूलो योगदान पुग्ने अपेक्षा रहेको बताए ।

मुख्यमन्त्री सिंहले जनकपुरधाममा निर्माण गरिएको उक्त भवनले सम्पूर्ण मधेश र मिथिला क्षेत्रको गौरव बढाउने विश्वास व्यक्त गरे ।

उक्त भवन प्रदेश सरकारको सात करोड ५० लाखको लागतमा निर्माण भएको हो । मुख्यमन्त्री सिंहले महत्वाकाङ्क्षी परियोजना सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने सबै पक्षप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरे ।