गृहपृष्ठ प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

वन तथा वातावरण राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण नियन्त्रण गर्न सरकारको एक्लै प्रयासले मात्र सफलता प्राप्त नहुने उल्लेख गर्दै सबैको हातेमालो आवश्यक रहेको बताएकी छन ।

विश्व वातावरण दिवसका अवसरमा मन्त्रायलको वातावरण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा राज्यमन्त्री विकले प्लास्टिक प्रदूषणको निराकरण गर्न वन मन्त्रालय मात्र नभई सबै मन्त्रालय र सम्बन्धित निकायको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइन।

प्लास्टिक प्रदूषण विश्वमै समस्याका रुपमा रहेको र यसको पुनःप्रयोग बढाउनुपर्नेमा जोड दिँदै राज्यमन्त्री विकले प्लास्टिक प्रदूषण रोक्न प्रत्येक व्यक्तिले प्लाष्टिकको विकल्पमा लाग्नुपर्ने बताए।

पूर्वमन्त्री गणेश साहले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि व्यक्तिको व्यवहारमा नै परिवर्तन आवश्यक रहेकामा जोड दिए । साथै उनले प्रदूषण नियन्त्रणका लागि आवश्यक नीति बनाई प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गरे।

मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले प्लास्टिक मानिसको जीवनसँग जोडिएको र विगतसम्म सहयोगी नै भएको उल्लेख गर्दै अब प्रदूषणका रुपमा परिणत भएकाले यसले मानव सभ्यतालाई जोखिममा पार्न सक्ने बताए । उनले प्रदुषण नियन्त्रण गर्न सबै तहका सरकारका साथै सरोकारवाला निकाय तथा प्रत्येक व्यक्तिले पहल गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु