global ime bank Long Banner Ad

गृहपृष्ठ भोलि काठमाडौं उपत्यका बन्द गर्ने राजावादीहरूको घोषणा

भोलि काठमाडौं उपत्यका बन्द गर्ने राजावादीहरूको घोषणा

भोलि काठमाडौं उपत्यका बन्द गर्ने राजावादीहरूको घोषणा

राजावादीहरूले भोलि (सोमबार)काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्। संवैधानिक राजसंस्था र सनातन हिन्दूराष्ट्रका लागि गठित संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गरेर जेठ १९ गते उपत्यका बन्द गर्ने घोषणा गरेको हो।

समितिका संयोजक नवराज सुवेदीले आइतबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेको आरोप लगाएका छन्।

‘संविधानप्रदत्त अधिकार उपयोग गर्ने क्रममा प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, दीपक सिंहलगायत हाम्रा सबै आन्दोलनकारी सहयोद्धाहरूलाई तत्काल रिहा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं। सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’सुवेदी जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु