global ime bank Long Banner Ad

गृहपृष्ठ एयर इन्डिया एक्सप्रेसले सुरु गर्‍यो काठमाडौंबाट बेङ्लुरुसम्म सिधा उडान

एयर इन्डिया एक्सप्रेसले सुरु गर्‍यो काठमाडौंबाट बेङ्लुरुसम्म सिधा उडान

एयर इन्डिया एक्सप्रेसले सुरु गर्‍यो काठमाडौंबाट बेङ्लुरुसम्म सिधा उडान

टाटा समूहको एयरलाइन्स एयर इन्डिया एक्सप्रेसले १ जून २०२५ देखि काठमाडौं–बेङ्लुरु दैनिक प्रत्यक्ष उडान सुरु गरेको छ । यसले दुई छिमेकी देशहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको दाबी छ ।

एयर इन्डियाको बढ्दो सञ्जालमा काठमाडौं १७औँ अन्तर्राष्ट्रिय गन्तव्य र एयर इन्डिया एक्सप्रेसका लागि नेपालमा पहिलो स्टेसन बनेको छ ।

प्रायः भारतको सिलिकन उपत्यका भनेर चिनिने बेङ्लुरु देशका केही अग्रणी विश्वविद्यालयहरू, अस्पतालहरू, बहुराष्ट्रिय कम्पनीहरू र अनुसन्धान केन्द्रहरूको घर हो । यसको रमाइलो मौसम, बहुसांस्कृतिक वातावरण, र भारतभरका गन्तव्यहरूसँगको कनेक्टिभिटीको साथ, यो नेपालका विद्यार्थी, पेशेवर र चिकित्सा यात्रीहरूको लागि एक मनपर्ने शहर हो ।

दैनिक काठमाडौंमा सेवा सुरु भएको बारेमा टिप्पणी गर्दै एयर इन्डिया एक्सप्रेसका प्रबन्ध निर्देशक आलोक सिंहले भने, ‘हामी हाम्रो छिमेकी देश नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न, गहिरो सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन पाउँदा खुसी छौँ । यो नयाँ मार्गले मानिसहरू, कथाहरू र परम्पराहरूलाई नजिक ल्याउनेछ । साथै, यात्रालाई अझ सुलभ र अर्थपूर्ण बनाउने हाम्रो दृष्टिकोणलाई सुदृढ बनाउनेछ । यसले बैंकक र फुकेटजस्ता छोटो दूरीको अन्तर्राष्ट्रिय मनोरञ्जन गन्तव्यहरूमा हाम्रो हालैको विस्तारमा पनि मद्दत गर्दछ ।’

यो नयाँ उडानले काठमाडौंबाट बेङ्लुरुहुँदै चेन्नई, हैदरावाद, कोच्ची, तिरुवनन्तपुरम, गोवा र तिरुचिरापल्लीजस्ता अन्य भारतीय शहरहरूका साथै मध्यपूर्वका अबुधाबी र दम्मामसम्म एक स्टप पहुँच प्रदान गर्दछ ।

 

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु