global ime bank Long Banner Ad

गृहपृष्ठ नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परेका यात्रुहरू हालै सम्पन्न भएको(नाइजेरिया राष्ट्रिय खेल महोत्सव) बाट फर्किरहेका खेलाडीहरू थिए ।

सङ्घीय सडक सुरक्षाका प्रवक्ता ओलुसेगुन ओगुङबेमाइडले शनिबार अबेर वक्तव्य जारी गर्दै जानकारी दिएका अनुसार, कानो राज्यको टोली बोकेको बस शनिबार दिउँसो कडुना–कानो एक्सप्रेसवेमा दुर्घटनामा परेको हो ।

तीव्र गतिमा यात्रा गरिरहेको बस अनियन्त्रित भई सडकबाट बाहिर गई झाडीमा ठोक्किएको थियो । ट्राफिक प्रहरीले (थकान र अत्यधिक गति) लाई दुर्घटनाको कारण बताएका छन् ।

सडक सुरक्षाले चालकहरूलाई थकान र गति नियन्त्रण गर्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । साथै, ट्राफिक नियमको पालना र सतर्कता आवश्यक रहेकोमा जोड दिइएको छ ।

नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले यो दुर्घटना राष्ट्रका लागि एक विनाशकारी क्षण भएको बताए ।

नाइजेरियामा प्रायः सवारी दुर्घटनाहरू देखिन्छन्, जसको प्रमुख कारणमा ओभरलोडिङ्ग, खराब सडक अवस्था र लापरवाहीपूर्ण ड्राइभिङ रहेका छन् ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु