गृहपृष्ठ जसपा नेपालका अध्यक्ष यादव मलेसिया प्रस्थान
जसपा नेपालका अध्यक्ष यादव मलेसिया प्रस्थान
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया प्रस्थान गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना हुने नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा सहभागी हुन आज उनले त्यसतर्फ प्रस्थान गरेको हो ।
पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव जसपा नेपालको प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठन कार्यक्रममा पनि सहभागी हुनेछ ।
अध्यक्ष यादव नेतृत्वको टोली यही जेठ २० गते स्वदेश फर्किनु हुने छ ।
प्रकाशित समय : २१:०९ बजे



















