global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिम प्रदेशसभाः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

सुदूरपश्चिम प्रदेशसभाः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

सुदूरपश्चिम प्रदेशसभाः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० माथि छलफल सुरु भएको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ‘आव २०८२/८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक०माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेको थियो ।

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभाका सांसदहरू डम्मरी महरा, रमेशसिंह धामी, सन्तोषकुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, इन्दिरा गिरी र माया पन्तले आ–आफ्नो धारणा राखेको थियो ।

आर्थिक मामिलामन्त्री थापाले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा राज्यका निर्देशक सिद्धान्त, मौलिक हक र प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई मार्गदर्शकका रूपमा लिइएको बताए । उनले भने “कार्यान्वयन हुन नसक्ने योजना पहिचान गरी विगतको कमीकजोरी सुधार गर्दै सन्तुलित बजेट निर्माण हुनेछ ।”

आजको बैठकले सरकारको नीति कायक्रमको सम्बोधनका लागि ‘प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेशसभा बैठकले धन्यवाद ज्ञापन गर्दछ’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखबाट शुक्रबारको प्रदेशसभा बैठकमा प्रस्तुत भएको सरकारको आगामी आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमको एकप्रति सभासमक्ष टेबुल गरेको थियो ।

प्रकाशित समय : १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु