global ime bank Long Banner Ad

गृहपृष्ठ फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिदैँ

फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिदैँ

फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिदैँ

पोखरा । फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् ।

फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको हो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से।मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएका छन् ।

सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ । उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग कि.मी अर्थात १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ ।
आज तालघरको सिमानामा पोल गाड्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । पोल गाड्ने कार्य वाराहीघाटदेखि सुरु हुनेछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, जगर प्रमुख आचार्य र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा सीमा स्तम्भ गाड्ने कार्यक्रम रहेको छ ।

प्रकाशित समय : ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु