global ime bank Long Banner Ad

गृहपृष्ठ गभर्नरको दौडमा रहेका श्रेष्ठले पाए अवकाश, गुणाकर राष्ट्र बैंक फर्किएलान ?

गभर्नरको दौडमा रहेका श्रेष्ठले पाए अवकाश, गुणाकर राष्ट्र बैंक फर्किएलान ?

गभर्नरको दौडमा रहेका श्रेष्ठले पाए अवकाश, गुणाकर राष्ट्र बैंक फर्किएलान ?

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएका छन् । जेठ १० गते ५८ वर्षे उमेर हद पार गरेका कारण उनी अवकाशमा गएका हुन् । हाल राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठ उमेर हदको कारण अनिवार्य अवकाशमा गएका हुन् ।

श्रेष्ठ २७ वर्ष राष्ट्र बैंकमा बिताएर अवकाश भएका हुन् ।गभर्नर बन्ने आश्वासन पाएसँगै उनले गत फागुनमै राजीनामा बुझाएका थिए । तर उनको राजीनामा भने स्वीकृत भएको थिएन ।

राष्ट्र बैंकमा झन्डै २७ वर्षको सेवापछि श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो सेवायात्राको समापन, गभर्नर चयनसँग जोडिएको भ्रम र नयाँ गभर्नरलाई शुभकामनासहित भावुक टिप्पणी सार्वजनिक गर्दै अवकाशको निर्णय लिएका हुन् ।श्रेष्ठले राष्ट्र बैंककै क्याडरको हैसियतमा गभर्नर पद रिक्त हुँदै गर्दा गभर्नर बन्ने सम्भावना देखेर आफूले समयमै राजीनामा दर्ता गराएको खुलासा पनि गरेका छन् ।

२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए। उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् ।

राष्ट्र बैंकभित्र विभिन्न विभाग र कार्यालयमा जिम्मेवारी सम्हाल्दा आफूले निष्ठापूर्वक योगदान दिएको उनको दाबी छ । यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर बन्न राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुणाकर भट्टले पनि राजीनामा दिएका थिए । उनको पनि राजीनामा पनि स्वीकृत भएको छैन ।

सुरुमा नेपाली कांग्रेसले गभर्नरमा भट्टलाई अघि सारेको थियो । तर राजीनामा स्वीकृत नभएपछि अन्तिममा गभर्नरमा विश्वनाथ पौडेलल बाजी मारे ।भट्टले २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका थिए । भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भए । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमै पीएचडी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा चर्चामा आएका भट्टले कार्यकारी निर्देशकबाट राजीनामा गरेपनि उनको राजीनामा तत्कालिन कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि सत्तारुढ दलहरूले विकल्प खोजेको चर्चालगत्तै भट्ट अमेरिका गएका थिए ।

गभर्नरको रेसमा रहेका उनी पुनः राष्ट्र बैंकमै फर्किन्छन् या फर्किदैनन्भन्ने आम चासोको रुपमा हेरिएको छ ।

प्रकाशित समय : ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु