काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मनसुनजन्य विपद्को कृत्रिम अभ्यास (तस्विरहरु)

2.08K
shares

जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौंको आयोजनामा मनसुनजन्य विपद्को कृत्रिम अभ्यास गरिएकाे छ ।

उक्त अभ्यासमा नेपाली सेनाको नरसिंहदल गण, सिंहदरवार व्यारेकबाट संयोजन गरिएको थियो।

उक्त अभ्यासमा जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं. १८ गण, हे.क्वा. निलबाराही, कीर्तिपुर, र सशस्त्र प्रहरी बल नेपाल नं. २० गण, हे.क्वा. (विपद् उद्धार), काठमाडौंको उल्लेखनीय सहभागिता रहेको थियो।

आगामी मनसुनमा सम्भावित विपद् जोखिम व्यवस्थापन तथा उद्धार क्षमतामा सुधार ल्याउने उद्देश्यले गरिएको यस अभ्यासमा विभिन्न प्रकारका आपत्कालीन परिस्थितिमा उद्धार कार्य कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने विषयमा तालिम तथा अभ्यास गरिएको थियो।