काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हाइड्रोले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ जारी गर्न दिइने

1.38K
shares

जलविद्युत कम्पनीहरुले उत्पादन शुरु गरेपछि मात्र प्राथमिक निष्काशन (आईपीओ) जारी गर्न पाउने व्यवस्था गरिएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नका लागि बनेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा उल्लेख भएअनुसार अबको एक वर्षभित्र सो सुझाव कार्यान्वयन गर्ने उल्लेख छ ।

निजी क्षेत्रले आयोजना निर्माणाधीन अवस्थामै आईपीओ जारी गर्न पाउने व्यवस्था राख्नका लागि प्रस्ताव गरेपनि पछिल्लो समय जलविद्युत क्षेत्रमा सर्वसाधारण लगानीकर्ता ठगिएको निष्कर्षसहित आयोजनाबाट बत्ती बलेपछि मात्रै आईपीओ जारी गर्न दिने व्यवस्था गर्न लागिएको हो ।

कार्ययोजनामा पुँजी बजार सम्बन्धी जनचेतना जगाई पुँजीबजारबाट वित्तीय साधन परिचालन गरेर लगानी प्रवद्र्धन गर्ने, एक वर्षभित्र सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने व्यवस्था उल्लेख छ ।