गृहपृष्ठ काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार
काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार
जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् ।
प्रहरी वृत्त स्वयम्भुबाट मुद्धाको प्रयोजनका लागि भद्रकाली लगिएका थुनुवा फरार भएका हुन् ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका २४ वर्षीय निशान परियार प्रहरीको आँखा छलेर फरार भएका हुन् । फरार भएका परियारको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १५:३६ बजे




















