global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका छन् ।

उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको छत्तीसगढको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गरे ।

उनले एएनआईसँग भने, “राज्यमा हाम्रो सरकार बनेपछि बस्तरलाई नक्सलमुक्त बनाउने कार्यक्रम चलिरहेको छ । नारायणपुरमा भएको मुठभेडमा दुई दर्जनभन्दा बढी नक्सलवादी मारिएका छन् ।”

छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले नारायणपुर जिल्लाको अबुझमाडको जङ्गलमा सुरक्षा बल र नक्सलवादीबीच भएको मुठभेडमा कम्तीमा २६ जना नक्सलवादी मारिएको बताए ।

एएनआईसँग कुरा गर्दै उपमुख्यमन्त्रीले मुठभेडको क्रममा एक सैनिक घाइते भएको पुष्टि गरे भने मुठभेडमा भएको थप क्षतिबारे जानकारी सङ्कलन भइरहेको बताए ।

उनले भने, “सुरक्षा फौजको कारबाहीमा २६ जनाभन्दा बढी नक्सलवादी मारिएका छन्। मुठभेडका क्रममा एक सहयोगीको मृत्यु भएको छभने एक जवान घाइते भएका छन् । घाइते जवानको उपचार भइरहेको र उनी खतरामुक्त रहेका छन् ।”

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु