global ime bank Long Banner Ad

गृहपृष्ठ प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता

प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता

प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता

वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथ यात्रा आगामी असारको दोस्रो साता हुने भएको छ । गहवामाई तीर्थ क्षेत्र विकास समितिका आयोजनामा आगामी असार १३ गते हजारौं दशनार्थीहरुका उपस्थितिमा रथयात्रा गर्न लागिएको हो । समितिका अध्यक्ष श्यामकुमार पोखरेलले विभिन्न उपसमित गठन गरेर रथयात्राको तयारी तिव्र पारिएको जानकारी दिए ।‘‘विगत दुई वर्षदेखि वीरगञ्जमा ५० हजारभन्दा धेरै दशनार्थीहरुको उपस्थितिमा गहवामाई रथयात्रा गर्दै आइरहेका छौं,’ उनले भने, यो वर्षपनि पनि विगतका वर्षमा जस्तै भव्य र सभ्य ढंगले रथयात्रा गर्ने तयारीमा जुटेका छौं ।’’

समितिले रथयात्रालाई व्यवस्थित र मर्यादित गराउनको लागि विभिन्न नौ उपसमिति पनि गठन गरेको छ । धार्मिक समन्वय उपसमितिको संयोजक डा।पुरुषोत्तम दुवेले यसपटकको रथयात्रामा करिव ८० हजारभन्दा धेरै श्रद्धालु भक्तजनहरुको सहभागिता अपेक्षा गरिएको जानकारी दिए । ‘‘गहवामाई वीरगञ्जको प्रख्यात गहवामाई प्राचीन महत्वको धरोहर भएकाले पनि रथयात्रा गर्न लागिएको हो’’ उनले भने,‘भारतको जगन्नाथ पुरीमा जस्तै गरी वीरगञ्जको गहवामाई मन्दिरको पनि रथयात्रा निकाल्ने परम्पराको विकास गरेका छौं । यसले यहाँको पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सहयोगी हुने अपेक्षा गरेका छौं ।’ असार १४ गते ५६ भोग र भण्डारा(प्रसाद) वितरण कार्यक्रम समेत राखिएको छ ।

मधेश प्रदेशमा नै प्रसिद्ध रथयात्रा भएकाले पनि रथयात्रामा साधुसन्त,महिलाहरुको उल्लेखनीय सहभागिता जनाउनेछन् । धार्मिक समन्वय समितिका संयोजक दुवेले धर्म,संस्कृति र संस्कार जोगाउन पनि रथयात्रा गर्दै आइरहेको दावी गरे । ‘‘हाम्रो धर्म,संस्कृति र आस्था जोगाउनलाई जोगाउनको लागि पनि रथ यात्रा गर्न लागिएको हो,’’ उनले भने,‘ धर्म संस्कृति नयाँ पुस्ताका पिढीँलाई हस्तान्तरण गर्नका लागि आवश्यक भएकाले पनि गर्न लागेका हौं ।’

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु