काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोसी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटनामा

1.78K
shares

कोसी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना , केही सांसद सामान्य घाइते

कोसी प्रदेशका ४ जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ।
झापाबाट विराटनगरतर्फ आउने क्रममा कानेपोखरी नजिकै गाडी दुर्घटना भएको हो।ञ
बीएइ १४०६ नम्बरको सांसदहरू चढेको गाडीलाई बा ५ च ३५२० नम्बरको कारले ठक्कर दिएको सांसद राधाकृष्ण खनालले जानकारी दिए।

प्रदेशसभातर्फ आउँदै गरेका सांसदहरू राधाकृष्ण खनाल, विद्या चाम्लिङ, मैया श्रेष्ठ र नम्बरलाल धिमाल चढेको गाडी कानेपोखरी नजिकैको जंगलमा कारसँग ठोकिएको हो।

दुर्घटनामा केही सांसदहरू सामान्य घाइते भएका छन्। कोसी प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममा सहभागी हुन सांसदहरू प्रदेशसभातर्फ आउने क्रममा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सांसदहरूलाई प्रदेशसभातर्फ ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।