global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका विषयलाई मात्र प्राथमिकता’

‘पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका विषयलाई मात्र प्राथमिकता’

‘पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका विषयलाई मात्र प्राथमिकता’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिएका छन।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धकारे (कर प्रस्तावबाहेक) को छलफलका क्रममा सांसद सापकोटाले समाजवादी अर्थव्यवस्था निर्माण गर्ने त्यसका आधारशिला निर्माण र भु्रण निर्माण गर्ने दिशातर्फ राज्य प्रणाली जान नसकेको टिप्पणी गरे । प्रि–बजेट छलफलमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य र ध्ययेसँगै सामाजिक न्यायको सिद्धान्तलाई बलियो रुपमा अघि बढ्न प्रभावकारी र ठोस कुरा नआएको धारणा राखे ।

“सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई समन्यायिक ढङ्गले राज्यका सबै क्षेत्रमा समावेश गरेर लैजाने र त्यसअनुसार न्याय स्थापित गर्ने भनेका छौँ”, सांसद सापकोटाले भने, “पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका कयौँ विषयले मात्र बढी प्राथमिकता पाएका छन ।”

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु