global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन
सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ ।
सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनि स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए ।
फिलिप चौथो शिविरमा करिब रातको ७-८ बजे थकित अवस्थामा पुग्नुभएको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकको शव आवश्यक प्रक्रिया पु-याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु