काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ट्रम्प मध्यपुर्वमा निस्कनु अघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

1.43K
shares

अमेरिकी रक्षा सचिव पीट हेगसेथको इजरायल भ्रमण स्थगित भएको छ। अर्को हप्ताको सुरुमा तय भएको इजरायल भ्रमण रद्द भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ।

गत मे ३ मा एक्सियोसले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको यात्रा अघि हेगसेथले इजरायल भ्रमण गर्ने योजनाका बारेमा जानकारी दिएको थियो ।

समाचार अनुसार अमेरिकी रक्षा सचिवले मे १२ मा आफ्ना स्थानीय समकक्षी इजरायलका काट्ज र देशका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न तय भए पनि अन्तिममा रोकिएको हो ।

ह्वाइट हाउसले यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३–१६ मा साउदी अरेबिया, कतार र युएईको मध्यपूर्व भ्रमण गर्ने जनाएको थियो । त्यसअघि अमेरिकन रक्षा सचिव इजरायल जान खोजेका थिए । तर, अहिले स्थगित गरिएको छ तर कारण भने अझै खुलाइएको छैन् ।