global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपालमा प्राकृतिक सौन्दर्य र सास्कृतिक विवधता छ : मन्त्री पाण्डे

नेपालमा प्राकृतिक सौन्दर्य र सास्कृतिक विवधता छ : मन्त्री पाण्डे

नेपालमा प्राकृतिक सौन्दर्य र सास्कृतिक विवधता छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन ।

महेन्द्रनगरमा आज आयोजित ‘फारवेष्ट ट्राभल मिट’ को उद्घाटन गर्दै उनले नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताएका हुन । “यहाँ सानो ठाउँमा प्राकृतिक विविधता छ थोरै जनसङ्ख्यामा धेरै सांस्कृतिक विविधता छ”, मन्त्री पाण्डेले भने, “विविधतापूर्ण संस्कृति र प्रकृतिलाई विश्व माझ पुर्‍याउन सके पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ ।”

उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताए । “अहिले हामीले एयरलाइन्सहरूसँग छलफल गरेर पोखराबाट सात वटै प्रदेशमा उडान भर्ने तयारी गरेका छौँ”, उनले भने, “यसले यहाँको पर्यटन विकासमा टेवा पुग्छ ।”

मन्त्री पाण्डेले भने, “यहाँको सांस्कृतिक र प्राकृतिक विविधताबाट लाभ लिन सके आर्थिक समृद्धि धेरै टाढा छैन ।” उनले अहिले पुँजीगत खर्चमा चाप बढेका कारण २० प्रतिशत बजेट घटेको बताए ।

उनले नेपाल ऐयरलाइन्स बलियो नहुँदा नीति एयरलाइन्सहरूले मनोमानी भाडा लिने गरेको बताए । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरू भएको फारवेष्टर्न ट्राभल मार्टमा नेपाल भारतका ट्राभल ऐजेन्टहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने उक्त मार्टमा नेपाल–भारतका पर्यटन व्यवसायीबीच यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे छलफल हुनेछ ।

प्रकाशित समय : २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु