गृहपृष्ठ हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ: मन्त्रि भण्डारी
हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ: मन्त्रि भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा एन्टियुसि र जेआइएल ए एफको सहकार्यको तीन दशकको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी १० वर्षमा जापानलाई विभिन्न विधामा १ करोड जनशक्तिको आवश्यकता भएको भन्दै त्यस कारणले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताए।
उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियोर अत्यन्तै मेहेनत गर्ने देश हो । त्योसँग हामीले सहकार्य गर्दा प्राविधिक सँगै संस्कार पनि सिकाउछ । जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ । जापानको यथार्थ भनेको आगामी१० वर्षमा जापानलाई १ करोड जनशक्तिको आवश्यकता छ । विभिन्न विधामा आवश्यकताछ । त्यसकारणले पनि जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्छ ।’ यस्तै, उनले नेपालबाट वैदेशिक रोजगारमा जाने हरेक श्रमिक नेपाली भएको भन्दै उनीहरुको सुरक्षाको लागि सबै जना मिलेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिक नेपाली नै हो नी, नेपाली जो छन् जहाँछन् त्यो नेपाली नै हुन् उनीहरुलाई नेपालले हेर्नै पर्छ । ४५ देखि ४८ हजार महिला कुवेतमा बिना सूचना र श्रम स्विकृती बसि रहेका छन् । कसरी गए,महिला कामदार जानपाइदैँन् भनेर कानूनी हिसाबमा रहेको छ । अब तीमहिलाहरु समस्यामा परे भने के गर्ने त । त्यहीहामी सबै बसेर यस बारेमा छलफल गर्नुपर्छ, नेपालीले कसरी दुखपाउदैन्न भनेर हामीलाग्नु पर्छ ।’
श्रम बिनाको श्रमिकको कुनै कामन भएको भन्दै नेपालबाट जाने हरेक श्रमिकलाई सिप सिकाएर पठाउने नेपाल सरकारको तयारी रहेको पनि उनको भनाई छ ।
प्रकाशित समय : १८:३५ बजे