global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ युरोपा लिगको फाईनलमा म्यानचेस्टर र टोटोनह्यम

युरोपा लिगको फाईनलमा म्यानचेस्टर र टोटोनह्यम

युरोपा लिगको फाईनलमा म्यानचेस्टर र टोटोनह्यम

म्यानचेस्टर युनाइटेड र टोटनह्याम युइएफए युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गए राती सम्पन्न सेमिफाइनलको दोस्रो लिगपछि म्यानचेस्टर युनाइटेड र टोटनह्याम फाइनलमा पुगेका हुन् ।

म्यानचेस्टर युनाइटेड दोस्रो लिगमा स्पेनिस क्लब एथलेटिक बिल्बाओलाई ४.१ गोल अन्तरले पराजित गर्दै समग्रमा ७.१ को जितसहित फाइनलमा पुगेको हो ।

त्यस्तै टोटनह्यामले नर्वेको क्लब बोडोलाई २.० गोल अन्तरले पराजित गर्दै समग्रमा ५.१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो ।

अब यस सिजनको युरोपा लिगको फाइनल खेल मे २१ मा स्पेनको बिल्बाओस्थित सान मामेज स्टेडियममा हुने भएको छ ।

प्रकाशित समय : ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु