global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दुर्घटनामा बालकको मृत्यु

दुर्घटनामा बालकको मृत्यु

दुर्घटनामा बालकको मृत्यु

आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

भीनपा। ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो । बालकको मृत्यु भएको पुष्टि जोगबुढा अस्पतालले गरेको छ ।

बुडरबाट जोगबुढा जाँदै गरेको अटोले बालकलाई आमा ज्योति श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा थप दुई जना घाइते भएका छन् । घाइतेको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ । अटो चालक भने अहिले फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित समय : २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु