गृहपृष्ठ बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीति सम्बन्धी विषयमा छलफल भइरहेको छ।
यसअघि बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच पनि बैठक बसेको थियो। सत्ता गठबन्धनको छलफलपछि मन्त्रिपरिषद्को बैठक सुरु गरिएको हो।
उक्त बैठकमा कांग्रेस सभापति शेर बाहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पैडेल सहभागी थिए।
प्रकाशित समय : २१:१९ बजे